
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । २० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले २१ गतेदेखि केही खुकुलो बनाउने तयारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले निषेधाज्ञाको प्रारुप परिवर्तन गर्ने तयारी भइरहेको बताउँदै भने, ‘अहिले नै मोडालिटी तयार भएको छैन् ।’ उनका अनुसार प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।
जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो । २१ गतेदेखि बैंक तथा वित्तिय संस्था पनि केही घण्टा सञ्चालन हुने गरी निषेधाज्ञा जारी हुने सम्भावना बढि छ । अहिले नै बजार व्यवसाय र सार्वजनिक सवारी साधन सञ्चालनका लागि भने अनुमती नपाइने प्रशासनले स्रोतले बतायो । कैलालीमा १६ बैशाखदेखि निषेधाज्ञा जारी भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्