- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीको गौरिफन्टा नाका कोभिडको दोस्रो लहर सूरु भएपछि निकै व्यस्त देखिन्छ । दैनिक रुपमा २ हजार जनासम्मको आवतजावत हुने उक्त नाकामा निषेधाज्ञाको प्रभाव भने निकै कम देखिन्छ । नाकामा पुग्दैगर्दा बालबच्चा र सरसामान सहित कोहि भारत पस्दै गरेको देखिन्छन् भने कोही नेपाल फिर्दै गरेको देखिन्छन् । बिहिबार गौरिफन्टा नाका हुँदै एक नेपालीको शव समेत नेपाल प्रवेश गराइएको छ । आफन्तका अनुसार उनको मृत्यु भारतमा हृदयघातका कारण भएको हो ।
नेपाल भित्रिनेहरुलाई पुर्ण रुपमा सुरक्षा मापदण्ड पालना गराउनुका साथै स्वास्थ्यमा समस्या आएकाहरुको नाकामै एन्टिजोन विधीबाट परिक्षण पनि गरिदै आएको छ । एकातिर नेपाल भित्रिने र भारत जानेको भिडले कोरोना संक्रमणलाई चुनौती दिईरहेका बेला नाकामा बस व्यवसायीहरुको यात्रु तान्ने होडबाजीले जोखिम झनै बढाएको छ । बाँकी फोटोमा हेर्नुहोस्ः