×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले पुन: ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने, कति छ ब्याजदर ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकले पुन: ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने, कति छ ब्याजदर ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कृषि विकास बैंकले पुन: ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा उक्त ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कुल ४० लाख इकाई ऋणपत्रमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले यो ऋणपत्रमा वार्षिक ४% ब्याजदर दिने जनाएको छ भने बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटललाई नियुक्त्र गरिएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि ऋणपत्र बिक्रीको प्रक्रिया अघि बढ्नेछ । केही समयअघि पनि बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । धितोपत्रबाट अनुमति पाएपनि बैंकले हालसम्म यो ऋणपत्र निष्कासन गरेको छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: