×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाज लघुवित्त र स्वस्तिक लघुवित्तको विशेष साधारणसभा २ बजे बस्दै, एक आपसमा मर्ज हुने एजेन्डा पेश गरिँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समाज लघुवित्त र स्वस्तिक लघुवित्तको विशेष साधारणसभा आज मंगलबार हुँदैछ । एक आपसमा मर्ज हुन लागेका दुवै संस्थाको सभा २ बजे सुरु हुने भएको हो । समाजको मलंगवाको जानकी फेमली होटेल र स्वस्तिकको लहानको होटेल नेमानमा सुरु हुनेछ । 
दुवै कम्पनीले सभाबाट एक आपसमा मर्ज हुने एजेन्डा पेश गर्दैछन् । दुवै लघुवित्त १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सभामा मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त राख्ने एजेन्डा छ । यस्तै मर्ज पश्चात कम्पनीको जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसअघि दुवै कम्पनीबीच गत असोज ५ गते एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भइसकेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: