
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कञ्चनपुर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू) मा शैया अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शैया अभाव भएको हो । अस्पतालको सघन उपचार कक्षमा हाल छ वटा शय्या मात्रै रहेका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पुयाउनुपर्ने अवस्था देखिएको छ ।
कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन् । सघन उपचार कक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शैया छन्, ती सबै भरिएका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताए । ‘अहिले छ शैया छन्, ती सबै भरिएका छन् । गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ’, उनले भने, ‘डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शैया थप्नुपर्ने अवस्था छ ।’
आइसीयू कक्षमा तत्काललाई १५ शैया थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताए । ‘बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ’, उनले भने, ‘तत्काललाई १५ शैया थप्नुपर्ने छ ।’ आइसीयू कक्षमा शैया थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन् । अस्पतालले आइसीयूमा शैया थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ ।
आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन् । त्यसअघि १३ भेन्टिलेटर आएका थिए । अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ । चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शैयाको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन् ।
‘मोनिटर लगायतका सबै उपकरण जडान गरिएको छ, भेन्टिलेटर जडान हुन बाँकी छन्’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भने, ‘जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।’ एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने अध्यक्ष जोशीको भनाई रहेको छ ।
यता सरकारको ध्यान भने सत्ता र कुर्सि जोगाउनमा केन्द्रित बनेको छ । माहामारीका कारण देशभर आम नागरिकमा त्रास बढेको छ तर यतिबेला देशमा राजनीतिक मुद्धा चर्चाको विषय बनेको छ । संकटको परिस्थितिमा पनि सरकारको ध्यान जनताको ज्यान भन्दा आफ्नै दाउपेचमा भएको भन्दै चौतर्फिरुपमा विरोध हुन थालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्