×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबिका दुवै म्युचुअल फन्डको न्याभ घट्यो, कसको कति मुल्य कायम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । वैशाखमा फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ४ पैसाले घटेर १५ रुपैयाँ ८३ पैसा कायम भएको छ । अघिल्लो महिना यस फन्डको न्याभ १५ रुपैयाँ ८७ पैसा थियो । 
फन्डको सूचीकृत सेयरमा लगानी ७६ करोड ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ । फन्डले हालसम्म विभिन्न म्युचुअल फन्डसहित कुल ५६ वटा सूचीकृत कम्पनीको ३६ लाख १५ हजार ११३ कित्ता सेयर होल्ड गरेको छ । 
यता एनएमबि ५० को पनि प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ६ पैसाले घटेर वैशाख मसान्तमा १७ रुपैयाँ ५१ पैसा कायम भएको छ । चैत मसान्तमा भने यस फन्डको न्याभ १७ रुपैयाँ ५७ पैसा रहेको थियो ।
एक महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम घटेर १ अर्ब ३० करोड ८ लाख २९ हजार रुपैयाँमा आएको छ । चैत महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ३७ करोड १२ लाख ९ हजार रुपैयाँ थियो ।
यस्तै बैंक मौज्दात भने बढेर ४७ करोड २९ लाख १२ हजार रुपैयाँ पुगेको छ । चैत महिनामा बैंक मौज्दात ४३ करोड ४ लाख ८७ हजार रुपैयाँ थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: