×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीलाई मध्यनजर गर्दै नबिल बैंकले ल्यायो वेबसाइटबाटै ‘नबिल आईकार्ड’ को निवेदन दिन मिल्ने व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महामारीलाई मध्यनजर गर्दै नबिल बैंकले ल्यायो वेबसाइटबाटै ‘नबिल आईकार्ड’ को निवेदन दिन मिल्ने व्यवस्था

Artha Sarokar

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंक लिमिटेडले वेबसाइटमार्फत आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै वेबसाइटमार्फत आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको हो ।
अब नबिल बैंकमा खाता भएका ग्राहकले आफै बैंकको वेबसाइटमा गई ‘अप्लाईनाउ’ विकल्प छानि नबिल आईकार्डको लागि निवेदन दिई, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राहकले बैंकको ग्राहक सेवा केन्द्रमा ०१-५९७००१५   सम्पर्क गर्न सक्नेछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुविधा ल्याएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी