×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबार पनि दोहोरो अंकले बढ्यो नेप्से, ९ अर्ब ५७ करोडमाथिको कारोबार हुँदा लगानीकर्ता उत्साहित !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार बढेको छ । आइतबारको तुलनमा नेप्से २०.७१ अंकले बढेर २७५९.२१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५७ करोडमाथिको कारोबार भएको छ । नेप्से यस्ती बढ्दा लगानीकर्ता भने थप उत्साहित बनेका छन् । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको ६६ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल दुरसंचार कम्पनी र शिखर इन्स्योरेन्सको भएको छ । आज ३ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै रुरु जलविधुत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: