
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबारदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ भाउ तोकेर उक्त सेयर बिक्री खुला गरेको हो ।
अब लगानीकर्ताले तोकिएको न्यूनतम भाउ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी बन्नुपर्नेछ । सो सेयरमा निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् भने जेठ २० गतेसम्म आवेदन दिन सकिन्छ ।
न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्