Skip to content
LAXMI SUNRISE BANK

निषेज्ञाधाभर कर्जाको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दियो यस्तो निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकहरुबाट पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्  । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी नगर्न पनि भनेको छ ।
मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुलाई आधार दरमा नै दिन भनेको छ । अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्म र स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइ नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK