
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिकामा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढीरहेको छ । बढ्दो माहामारीमा देखिएको अक्सिजन अभावको समस्यामा परिपुर्ति गर्न धनगढी उपमहानगरपालिकाले प्लान्ट स्थापनाका लागि तयारी थालेको छ । चौधरी गु्रपसँगको समन्वयमा धनगढी उपमहानगरपालिकाले दैनिक डेढ सय सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको लागि तयारी तिव्र गतिमा अगाडी बढिसकेको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले बताए ।

अक्सिजन प्लाट स्थापनाको लागि धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा काम अघि बढाएको हो । निर्माणको पहिलो चरणमा प्लान्ट राख्नका लागि ट्रस निर्माणको काम भएको र केहि दिनमै उक्त काम सकिने नगरप्रमुख वडले बताए । ‘प्लान्ट सञ्चालनका लागि झण्डै २२ लाखको लगानीमा २०० केभि को ट्रान्सफर्मरसहित विधुत जडानको तयारी समेत भईसकेको छ’, नगरप्रमुख वडले भने, ‘४ देखी ५ दिन प्लान्ट काठमान्डौ पुग्न लाग्ने र काठमान्डौ आएको २४ घण्टामा धनगढी धनगढी आईपुग्छ, धनगढी पुगेको दुई हप्ताभित्रै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउछौँ ।’
अक्सिजन प्लान्ट राख्नका लागि तयार गर्नुपर्ने फिजिकल स्ट्रक्चर निर्माणको ठेक्का पाएको उग्रतारा कन्ट्रक्सन एण्ड सप्लायर्सले काम तिव्र गतिमा अगाडी बढाएको छ । पहिलो चरण अन्तर्गत अहिले बेस लेभलको जग निर्माण र सिलिङको काम भईरहेको कम्पनिका ठेकेदार रुद्र पन्तले बताए । अहिले ५० प्रतिशत काम सकिएको बताउँदै पन्तले अवको २ देखी ३ दिनमै निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्