×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाटनमा ‘कृष्णजी’ एक्लै, १५ तस्विरमा हेर्नुहोस् दरबार क्षेत्रको सुनसान-कथा (फोटो-फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

पाटनमा ‘कृष्णजी’ एक्लै, १५ तस्विरमा हेर्नुहोस् दरबार क्षेत्रको सुनसान-कथा (फोटो-फिचर)

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर  । दोस्रो चरणको लकडाउनले ललितपुरको पाटन दरबार क्षेत्र पनि सुनसान बनेको छ । सर्वसाधारण र पर्यटकको भिड लाग्ने यो क्षेत्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि सुनसान बनेको हो । निषेधाज्ञामा सो क्षेत्रमा पूर्णनिर्माणको काम भने चालु नै रहेको छ । गत वर्षको लकडाउनमा पनि यो क्षेत्र सुनसान बनेको थियो । 
यस्तै ललितपुरमा आज सांकेतिक रुपमा रातो मछिन्द्रनाथको रथ यात्रा सम्पन्न हुने भएको छ । गत वर्ष झै पुल्चोकमा हाल रथ रहेको स्थानबाट मण्डफल्चा (सोह्रखुट्टे पाटी) सम्म सांकेतिक रुपमा रथ तानेर यस वर्षको रथ यात्रा टुंग्याउने तयारी गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले रथ रहेको स्थान वरिपरि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाएको छ ।  हेर्नुहोस् शनिबार पाटन दरबार क्षेत्र देखिएका दृश्यहरु… 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: