×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढल्यो ‘कम्युनिष्ट’ सरकार, अर्थमन्त्री विष्णु पौडेल बजेट सुनाउन नपाइ पदमुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ढल्यो ‘कम्युनिष्ट’ सरकार, अर्थमन्त्री विष्णु पौडेल बजेट सुनाउन नपाइ पदमुक्त

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केपी शर्मा ओली प्रधानमन्त्री पदबाट स्वत: पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्तावको पक्षमा ९३ मत परेपछि उनि स्वत: पदमुक्त भएका हुन् । प्रधानमन्त्री पदमा रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् ।
यता ओली पदमुक्त हुँदा अर्थमन्त्री विष्णु पौडेलको पनि पद गएको छ । बजेट सुनाउन नपाउँदै उनि पदमुक्त भएका हुन् । संविधानको धारा ७७ (१) (ख) अनुसार प्रधानमन्त्रीको पद रिक्त भएको हो भने धारा ७७(२) ग अनुसार मन्त्रीको पद पनि गएको हो । यद्यपी धारा ७७ (३) अनुसार अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म यसैले कार्यसञ्चालन गर्ने छ । तर पौडेलले बजेट ल्याउन भने पाउने छैनन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: