Skip to content
LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्स्योरेन्सको सिइओमा पवन खड्कालाई नियुक्त गर्ने प्रस्ताव

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । 
साथै उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ । अहिले खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK