×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बालाजुमा अक्सिजन रिफिल गर्न कुरेर बसेका सर्वसाधारण, सङ्क्रमितको तापक्रम परीक्षण गरिँदै

PRIME CA

देश बोल्ने फोटो कथा : बालाजुमा अक्सिजन रिफिल गर्न कुरेर बसेका सर्वसाधारण, सङ्क्रमितको तापक्रम परीक्षण गरिँदै

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अक्सिजन रिफिल गर्न बालाजु कुरेर बसेका सर्वसाधारणदेखि सङ्क्रमितको तापक्रम परीक्षण गरिरहेका स्वास्थ्यकर्मीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
बालाजुमा औद्योगिक क्षेत्र भित्र रहेको शंकर अक्सिजन ग्यास उद्योगमा ग्यास रिफिल गर्नका लागि पालो कुरेर बसेका सर्वसाधारण । 
कपिलवस्तुको शिवराज नगरपालिका– १ स्थित कोरोना सङ्क्रमितको घरघरमै पुगेर तापक्रम परीक्षण गर्दै शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेल ।
बिरामीलाई अक्सिजन लेवल कम भएपछी कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि हेलिकोप्टरबाट काठमाडौँ लैजाने क्रममा ।
बालाजुमा औद्योगिक क्षेत्र भित्र रहेको शंकर अक्सिजन ग्यास उद्योगमा अक्सिजन भरेर राखिएको सिलिण्डर ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसका सङ्क्रमितलाई राख्न मालिका गाउँपालिकाको छ्यारछ्यारेमा निर्माण गरिएको दस शय्याको आइसोलेशन कक्ष । सङ्क्रमित घरमा नै बस्न रुचाएकाले आइसोलेशन कक्ष खाली छ । 
ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन अभाव भएपछि मनिष ईन्जिनियरिङका सञ्चालक फुङ्लिङ नगरपालिका–७ निवासी यामबहादुर गुरुङले चार वटा अक्सिजनसहितको सिलिण्डर  जिल्ला अस्पतालाई उपलब्ध गराउँदै । 
बालाजुमा औद्योगिक क्षेत्र भित्र रहेको शंकर अक्सिजन ग्यास उद्योगमा पालो पर्खेर बल्लवल्ल अक्सिजन भरेपछि हस्पिटल लानका लागि लिएर जाँदै  सर्वसाधारण । 
निषेधाज्ञाको मौका छोपी पुतलीसडक न्युप्लाजा अगाडिको पैदल यात्रु हिँड्ने बाटो बनाउँदै मदजूर । 
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरियामा उत्पादनस्थलबाटै गोलभोडा खरीद गर्दै महिला । निषेधाज्ञामा बजार लैजान समस्या भएपछि न्यून मूल्यमा बोटबाटै गोलभेडा बिक्री गर्ने गरिएको छ ।  
विभिन्न उद्योगका कच्चापदार्थ तथा पेट्रोलियम पदार्थ लिएर भारतबाट आएका ट्याङकर तथा ट्रक ब्रमेलीटोलमा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: