×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : संक्रमितलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै, तरकारी बिक्री गर्दै हिडेका एक साइकल व्यवसायी

PRIME CA

देश बोल्ने फोटो कथा : संक्रमितलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै, तरकारी बिक्री गर्दै हिडेका एक साइकल व्यवसायी

२५ बैशाख २०७८, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले धौलागिरि अस्पतालमा उपचारत ३७ वर्षीय कोराना सङ्क्रमिते हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइँदै गरेकोदेखि तरकारी बिक्रीका लागि चिप्लेढुङ्गा बजारमा हिँडेका एक व्यवसायीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
कोरोना सङ्क्रमित भई धौलागिरि अस्पतालमा उपचारत ३७ वर्षीय कोराना सङ्क्रमिते हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइँदै । 
तरकारी बिक्रीका लागि चिप्लेढुङ्गा बजारमा हिँडेका एक व्यवसायी । 
दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञामा पनि काठमाडौँको विष्णुमती नदीस्थित डल्लु पुलमा सडक फराकिलो बनाउने अभियानमा काम गर्दै श्रमिक ।
ललितपुर, सानेपा आसपास क्षेत्रको सडक छेउमा फुलेका फूलमा रमाउँदै यात्रु । 
एकान्तकुनास्थित चालक अनुमतिपत्र लिनका लागि प्रयोगात्मक परीक्षण केन्द्र  । पछिल्लो समयमा कोरोना सङ्क्रमण बढेपछि सरकारले गत सातादेखि जारी गरेको निषेधाज्ञामा केन्द्र सुनसान छ । 
बेल्कोटगढी नगरपालिका–११ तिगाउँ  लगाइएको चैते धान ।
नुवाकोटको  विदुर नपा– २ स्थित वनदेवी सामुदायिक वनमा लागेको डढेलो गए राति स्थानीयवासी र सुरक्षाकर्मीबाट नियन्त्रणमा लिने प्रयास । 
चैनपुर नगरपालिका –११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि पशुपालन गरिन्छ । गाउँघरमा गाईगोरु धेरै हुने भएका कारण जङ्गल वा चौरमा चराउन लगिन्छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा बाँसको चोयाबाट चित्रा बुन्दै स्थानीय । यहाँका स्थानीयले गाउँगोठ लगायतमा चित्राको छानो लाउने गर्दछन् । 
कोभिड– १९ बढ्दो जोखिम न्यूनीकरणका लागि प्रशासनले निषेधाज्ञालाई कडाइ गरेपछि सुनसान बनेको पोखराको सभागृह  चोकको सडकमा विद्युत् लाईन मर्मत गर्दै प्राधिकरणका कर्मचारी ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकलाई शनिबार कृषि यान्त्रिक वितरण गरिँदै । धान ब्लक आयोजनाअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा अन्नपूर्ण व्यावसायिक कृषि सहकारी संस्थाले सो यान्त्रिक वितरण गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: