- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एक पटक विश्वासको मत नपाएकाले पुन: विश्वासको मतको प्रक्रियामा नजाने बताएका हुन् ।
पुन: विश्वासको मतको प्रक्रियामा जानुभन्दा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको बताइएको छ । यसो हुँदा ओली सरकार फेरि ढल्ने निश्चित देखिएको छ ।