×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलले जेठ ५ गतेबाट प्रभु म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुला गर्ने, कहाँबाट दिने आवेदन ?

PRIME CA

प्रभु क्यापिटलले जेठ ५ गतेबाट प्रभु म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुला गर्ने, कहाँबाट दिने आवेदन ?

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जेठ ५ गतेदेखि प्रभु क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । यो सात वर्षे बन्दमुखी योजना हो ।
जसमा १४% अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र १% अर्थात १० लाख इकाई योजना ब्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित राखिएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिनेछ । 
फन्डमा न्यूनतम १०० देखि ८ करोड ५० लाख इकाईसम्म आवेदन दिन सकिन्छ भने लगानीकर्ताले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: