- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक १६.७१ अंकले बढेर २ हजार ६२७ दशमलव ८२ बिन्दुमा पुगेको छ ।
सो सेसनमा ३९ कम्पनीको ९ हजार ३३२ कित्ता सेयर ६१ लाख ९७ हजार ३० रुपैयाँमा खरीद बिक्री भएको छ । यस्तै ३९ कम्पनीमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।