- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वितरण गरेको सिलिण्डर आफ्नै खर्चमा किनेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये ६० वटा उनले आफैले विद म्यानेजमेन्ट प्रालिमार्फत खरिद गरेको तथ्य फेला परेको हो ।
आलेलाई बदनाम गराउने बदनियतका साथ विपक्षीहरुले सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन् ।चिनियाँ अनुदानमा आएको सिलिण्डर दिएर प्रचार बाजी गरेको आरोप लगाउँदै उनका विरोधीहरु सामाजिक संजालमा अहिले सक्रिय छन् । तर अन्ततः सत्य बाहिर आएको छ ।
यसो त उनले सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा बोल्दै उक्त सिलिण्डर दिएको नभइ आफ्नै खर्चमा किनेको बताइसकेका छन् । ’अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।’ कार्यक्रममा बोल्दै उनले भने ।
महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्