
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी। धनगढीको सारथी अस्पतालले कोभिडको समयमा लापरवाही झनै बढाएको छ । बढ्दो कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताललाई पनि अनुमति दिएसँगै उपचार सुरु गरेको सारथी अस्पतालमा लापरवाही बढेको गुनासो बढेको हो।
‘अस्पतालमा रहेको कोभिड वार्डको अवस्था अस्तव्यस्त छ’ ,उपचाररत एक बिरामीले अर्थ सरोकारसँग भने, ‘गुणस्तरीय उपचार र परामर्शभन्दा धेरै चिन्ता लाग्छ ।’ हुन पनि अस्पतालमा रहेको कोभिड वार्ड निकै असुरक्षित र अव्यवस्थित देखिन्छ । कोरोना संक्रमित बसेको बेड खाली भएको ३-४ दिन बितिसक्दा पनि सरसफाई नगर्ने गरिएको सारथी अस्पतालको कोभिड वार्डमा उपचाररत एक बिरामीले बताएका छन् । ‘बेड तथा बिरामी बोक्ने स्टे«चर पनि टुटेको छ, कोरोना लागेको भन्दा पनि अस्पतालको अवस्था र उपचार देखेर चिन्ता लाग्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
धनगढीमा रहेका नीजी अस्पतालहरुमध्ये आफुलाई सम्पन्न र गुणस्तरीय भनेर दाबी गरिरहेको उक्त अस्पतालको सेवाप्रति नागरिकको गुनासो थपिदै गएको छ । यसो त नीजी अस्पतालमा तिर्नुपर्ने शुल्क चर्को हुन्छ तर शुल्क अनुसारको हेरचाह र व्यवस्थापन नहुँदा समस्या हुने गरेको बिरामीले बताएका छन् । बढ्दो कोरोना संक्रमणको जोखिमका बीचमा अस्पतालले गर्ने यस्तो लापरवाहीले जोखिम झनै उच्च हुने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्