
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा रहेको सारथी अस्पतालले अवस्था सुधार गरेको छ । बिहिबार अर्थ सरोकारबाट अस्पतालको अवस्थाको बारेमा समाचार सम्प्रेषण भएप्रश्चात अस्पतालले व्यवस्थापकिय अवस्था सुधार गरेको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै बढ्दो संक्रमितको संख्या र मृत्युदरलाई मध्यनजर गर्दै नीजि अस्पतालहरुमा पनि कोभिड १९ को उपचारका लागि अनुमति दिइएको छ । सोही नीति अनुसार कोरोनाको छुट्टै वार्ड संचालन गरी उपचार सूरु गरेको सारथी अस्पतालको बारेमा जनगुनासो आएलगत्तै अर्थ सरोकारबाट समाचार सम्प्रेषण गरिएको थियो । त्यसलगत्तै आफुहरुको सेवा चिन्ताजनक नरहेको बताउँदै अस्पतालका अध्यक्ष वेद प्रकास जोशीले गुनासो अनुसारको अवस्था सुधारिएको बताए । उनले भने, ‘हामी बिरामीलाई मर्का नपर्ने गरी सेवा प्रवाह गर्छौँ र भएका कमीकमजोरीलाई सुधार्दै लैजान्छौँ ।’

अर्थ सरोकारको टिम उक्त अस्पतालमा पुग्दा अवस्था धेरै नै सुधारिएको देखियो । कोभिड १९ संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड सरसफाई गरिएको थियो भने उपचारित बिरामीका कुरुवाको लागि छुट्टै व्यवस्थित कक्ष तयार गरिएको छ । साथै उपचारमा संलग्न बिरामीका लागि वार्डभित्रै सुरक्षित शौचालयको व्यवस्था समेत गरिएको छ । त्यस्तै कोभिड उपचारमा संलग्न बिरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन देखी अन्य सामाग्रीको पनि अस्पतालले जोहो गर्दै आएको छ ।

अर्थ सरोकारसँग कुराकानि गर्दै अस्पतालका अध्यक्ष जोशीले आगामी दिनमा अवस्था अझै सुधार गर्दै लैजाने समेत बताएका छन् । उनले भने, ‘बिरामीको उपचार र व्यवस्थापनमा कुनै कमी आउन दिने छैनौँ ।’ उनले थपे, ‘ढुक्क भएर उपचारका लागि आउँदा हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्