
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१ प्रतिशत ब्याज तोकेको छ ।
यस प्रकृतिको निक्षेपका लागि न्यूनतम बचत रकम ग्रामीण भेगका शाखाका लागि १० हजार र काठमाडौं उपत्यका बाहिरका सहरी क्षेत्रका शाखाका लागि ५० हजार र उपत्यकाभित्रका शाखाका लागि १ लाख रुपैयाँ बराबर तोकिएको छ ।
संस्थागततर्फको मुद्दति निक्षेपमा भने ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ । सानिमा एनआरएन मुद्दति निक्षेपमा ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तै सानिमा दीर्घायु बचत खाता, सानिमा सहज बचत खाता, सानिमा मेरो बचत खाता, सानिमा स्पेसल तलब खाता, र सानिमा दीर्घायु तलब खाताका लागि समान ३.५१ ब्याजदर तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्