
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से १२.३२ अंकले घटेर २६५२.७५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । यता विश्लेषक भने आजको करेक्सन सामान्य रहेकाले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।
आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३९ करोड ३५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल पुनर्बिमा कम्पनी र ग्रामिण विकास लघुवित्तको भएको छ । आज २ वटा समूह बहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्