
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कोरोना महामारी बढेपछी अहिले काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा लकडाउन छ । तर सेयर बजार, बैंक तथा वित्तीय संस्था लगायत अत्यावश्यक सेवा सुचारी छन् । तर बैंक तथा वित्तीय संस्थाजस्तै धितोपत्र बजारमा रहेका सेयर ब्रोकरहरुबारे ट्राफिक प्रहरी नै अनविज्ञ हुँदा ठाउँ ठाउँमा सेयर ब्रोकरका कर्मचारीहरु रोकिएको पाइएको छ । यतिसम्म कि ट्राफिक प्रहरीले ‘दलाल पनि कतै अत्यावश्यक हुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेर कतिपय कर्मचारीहरुलाई होल्डीङ जोनमा राखिएको पाइएको छ । हाल राजधानीमा ५० वटा ब्रोकर हाउसले सेयर कारोबारसम्बन्धी सेवा दिइरहेका छन् ।
‘के को कार्ड हो यो ? ट्राफिक प्रहरीले सोध्दा मैले भने, ‘हामी सेयर ब्रोकरको अफिसबाट…’ एक ब्रोकर हाउसमा कार्यरत कर्मचारी गुनासो गर्छन् , ‘दलाल भन्ने बित्तिकै घरजग्गाको दलाल सम्झन्छन् ट्राफिकहरुले । महामारीमा दलालले काम नगरे हुँदैन ? दलाल पनि अत्यावश्यक हुन्छ ?’ जस्ता प्रश्नहरु सोधिने गरिएको छ ।’
यता नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली निषेधाज्ञाका बेला ब्रोकर हाउसका कर्मचारीहरुलाई आउजाउमा निकै समस्या भइरहेको गुनासो गर्छन्। ‘बाटोमा ब्रोकर हाउसका कर्मचारीहरुलाई ट्राफिक प्रहरीले बढी केरकार गर्छन् । उनीहरुलाई सेयर बजारबारे धेरै कुरा नै थाहा छैन । कतिपयलाई त सेयर बजारका ब्रोकरबारे नै थाहा छैन । जसका कारण सबैलाई समस्या भईरहेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्