×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार पनि दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार हुँदा विशाल बजारका लगानीकर्ताले १०% ले गुमाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार पनि दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार हुँदा विशाल बजारका लगानीकर्ताले १०% ले गुमाए

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजार बढेको छ । सोमबारको तुलनमा नेप्से २७.४७ अंकले बढेर २६७३.३१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको २७ करोड ६५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपि हाइड्रोपावर र शिवम सिमेन्टको भएको छ । आज पनि सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै बोटलर्स नेपालका लगानीकर्ताले कमाएका छन् भने बिशाल बजारका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी