×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानीका अस्पतालमै संक्रमितको बिच्चली, सामाग्रीको अभावमा टेकु अस्पताललेसमेत रोक्यो पिसिआर (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजधानीका अस्पतालमै संक्रमितको बिच्चली, सामाग्रीको अभावमा टेकु अस्पताललेसमेत रोक्यो पिसिआर (भिडियो)

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ  । काठमाण्डौको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ ।अस्पतालले मुख्य प्रवेशद्धारमा नै पिसिआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट आम सर्वसाधरणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौ । ”
अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो । यसैबीच, संघीय राजधानी काठमाण्डौकै अस्पतालमा पनि विरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ । कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी