×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनसान ठमेल : सामान घरभेटीलाई जिम्मा लगाउनु कि ऋण गरेर भाडा तिर्ने भन्ने अन्यौलमा व्यवसायी (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि ठमेल क्षेत्रको व्यवसाय पुन: सुनसान छ । पहिलो चरणको लकडाउन पनि भयावह बनेको ठमेल क्षेत्रको व्यवसाय पुन: चौपट बनेको हो । केहि महिनाअघि जुर्मुराउन लागेको व्यवसाय पुन: यो पटकको निषेधाज्ञाले उठ्नै नसक्ने अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता त्यहाँ व्यवसायीहरु छन् । नेपालको पर्यटकीय हव ठमेलका व्यवसायीहरु निषेधाज्ञा लम्बिए आफूहरुको उठिबास हुने त्रास र चिन्तामा छन् ।
गत चैतमा गरिएको लकडाउनले अधिकाशं व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका थिए । घरभाडा तिर्नसमेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो थियो । सो क्षेत्रका व्यवसायीले पुन: सोहि समस्या भोग्नु परेको छ । यता रिक्सा चलाएर दैनिक गुजारा चलाउनेको पनि बिच्चली भएको छ । व्यवसायीहरु यतिसम्म समस्यामा परेका छन् कि उनीहरु घरभेटीलाई सामान जिम्मा लगाएर व्यापार नै छोडेर हिड्ने कि ऋण गरेरै भएपनि भाडा तिर्ने भन्ने दोधारमा छन् । बाँकी फोटोमा:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: