×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : नागढुंगा नाकामा चेकजाँचलाई झन कडा बनाईयो, लकडाउनले फेरी ठप्प दोलखा चरिकोटका होटलहरु

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले निषेधाज्ञामा थानकोट नागढुङगा सडकमा गुडेका सवारीसाधनको पास भए नभएको जाँच गरिरहेका सुरक्षाकर्मीदेखि लकडाउनले सुनसान बनेको चरिकोटको मुख्य होटलहरु रहेको चरिघ्याङ क्षेत्रसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 
हेरौं फोटो समाचारः
सरकारले लागू गरेको निषेधाज्ञामा थानकोट नागढुङगा सडकमा गुडेका सवारीसाधनको पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी  ।
लकडाउनले सुनसान बनेको चरिकोटको मुख्य होटलहरु रहेको चरिघ्याङ क्षेत्र ।
धरहरा परिसरमा पुनः निर्माण गर्न बाँकी रहेका संरचनामा काम गर्दै श्रमिक । 
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचाररत बिरामी । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि अस्पतालमा उपचार गराउन आउने बिरामी बढेका छन् । अहिले गाउँपालिकाको अस्पतालमा नौ जना भर्ना भएका छन् । 
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा सुुनसान देखिएको थानकोट सडक ।
कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाहरुको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा  व्यवस्थापनमा  गरिँदै  । केही दिन यता कोरोनाबाट मृत्यु हुनेको  सङ्ख्यामा कमी आएको छ ।
नेकपा (एमाले) पार्टीका नेता तथा प्रतिनिधिसभा  सदस्य योगेश भट्टराईको समन्वयमा कोभिड–१९ नियन्त्रण गर्नका लागि काठमाडौँबाट ताप्लेजुङमा स्वास्थ्य सामग्री पठाउनका लागि गाडीमा लोड गर्दै ।
तनहुँको देवघाट गाउँपालिका–५ निवासी एक महिलाको कोरोनाबाट मृत्यु भएपछि सोमबार शव व्यवस्थापनको तयारी गरिँदै । आइतबार राति मृत्यु भएकी महिलाको सोमबार प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: