×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा कडा भयो लकडाउन, दिउँसो सरकारी कार्यालयका गाडीसमेत चल्न नपाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपत्यकामा कडा भयो लकडाउन, दिउँसो सरकारी कार्यालयका गाडीसमेत चल्न नपाउने

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसोको समयमा चल्न नदिने निर्णय पनि गरेको छ । 
अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने छन् । मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: