
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौंबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा ८ जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाललाई पक्राउ गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यात्रुहरूसँग तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै उनीहरुलाई पक्राउ गरिएको बताए । यस्तै महाशाखाले यात्रुहरू ठगिन सक्ने भन्दै विशेष टोली खटाएको थियो।
उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुहरूसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने छ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो। काठमाडौंबाट उदयपुरसम्म जाने यात्रुहरू प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरोपमा कोटेश्वरबाट एक जनालाई पक्राउ गरेको हो । यता चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रतिव्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्