×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

विज्ञापन बोर्डको काम विज्ञापन संघलाई चित्त बुझेन, किन बुझेन ? (भिडियो)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । आइतवार नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताउनुभयो । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने उहाँले बताउनुभयो । 
विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘एकद्वार नीति एकदमै प्रत्युत्पादक छ । सञ्चारमाध्यमलाई पनि र सरकारलाई पनि प्रत्युत्पादक छ । त्यसैले यो व्यवस्था अनुसार हुनुहुँदैन भन्ने हाम्रो माग हो । त्यसैले एकद्वार प्रणाली खारेज गर्नुपर्छ । र विज्ञापन क्षेत्रको उत्थानका लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ । विज्ञापन क्षेत्रको विस्तारका लागि मिडियाको उन्नतिको लागि, विज्ञापन व्यवसायीहरुको स्तरोन्नतिको लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ ।’
नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष रविन्द्र रिजालले सरकार अथवान नीजि क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताउनुभयो । विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग छलफल परामर्श नगरिएको भन्दै उहाँले आगाी दिनमा सम्बन्धित विषय विज्ञको सुझाव लिइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले गर्ने होस् अथवा नीजि क्षेत्रले गर्ने विज्ञापन विज्ञापन व्यवसायीबाटै जाँदाखेरी मिडियालाई पनि सहज हुने र विज्ञापन व्यवसायीले पनि आफ्नो काम गर्न पाउनछन् । ऐन नियम बनाउँदा सम्बन्धित विज्ञसँग सुझाव लिनुपर्छ ।’
आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्ने पनि आनले जनाएको छ भने संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ । आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतवारदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदै छ । एक साता विभिन्न कार्यक्रम गरिने भएको छ । जस अनुसार पहिलो दिन कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने सप्ताहभरी विज्ञापन क्षेत्रका विभिन्न व्यक्तिहरुसँग अन्तत्र्रिmया तथा मिडियामा यस क्षेत्रका व्यक्तिहरुको बाइट तथा अन्तर्वार्ताहरु प्रस्तुत गरिने आनले जनाएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal