
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा वन माफियाहरुको जालो दिनप्रतिदिन फैलिन थालेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको वनजंगल मासेर विभिन्न संस्थाका नाममा पक्कि भवन निर्माण गर्ने काम तिव्र गतिमा फैलिरहेको छ ।
अतिक्रमणको मुख्य शिकार बनेको दुर्गालक्ष्मी महिला सामुदायिक वनमा पछिल्लो समय दर्जनौँ पक्कि भवन विभिन्न संस्थाका नाममा निर्माण भएका छन् । केहि व्यक्तिगत लगानिमा निर्माण भएका छन् भने अधिकांश भवनहरु सरकारी लगानिमै निर्माण भएका छन् । धेरैजसो अतिक्रमण सरकारी तवरबाटै भएको स्थानिय धनराज जोशीले बताए । उनले भने, ‘सानालाई चेपेर आफु माथि उक्सिने प्रवृति हावी भएको छ, वन मासिनुको मुख्य जिम्मेवार सरकार हो ।’

उक्त सामुदायिक वनको जग्गामा अतिक्रमण गर्दै विभिन्न संघसंस्थाहरुले मनपरी रुपमा भवनहरु निर्माण गरेका छन् । केहीदिन अघिमात्रै जनयुद्धका घाईते अपाङ्ग संरक्षण मञ्च नामक संस्थाले अनधिकृत रुपमा पक्कि भवन निर्माण गरिरहेको थियो । स्थानिय र उपभोक्ताको चर्को विरोधपछि अहिले उक्त भवन निर्माणको काम रोकिएको छ तर भत्काउने भन्ने विषयमा सम्बन्धित निकाय भने मौन बसेको छ ।

त्यस लगत्तै अहिले राजमार्गकै छेउमा नगरस्तरिय संयुक्त श्रमिक ट्रेड युनियले भवन निर्माणको काम तिव्र गतिमा अगाडी बढाएको छ । तर उक्त भवन निर्माणको विषयमा सामुदायिक वन, नगरपालिका तथा वन डिभिजन कार्यालय बेखबर बनेको छ । यता उक्त भवन निर्माणमा खटिएका धनराज जोशीले सरकारी लगानिमा निर्माण भएका अतिक्रमित भवन नभत्किएसम्म आफुले काम नरोक्ने अडान लिएका छन् । उनले भने, ‘डिएफओ सापलाई खुल्ला च्यालेन्ज गर्नको लागी सडकको छेउमै वनको जग्गा खोसेर निर्माण सुरु गरेको हुँ ।’
त्यस्तै वनको जग्गा अतिक्रमणको विरुद्धमा आफु रहेको बताउँदै जोशीले यस्तो काममा सरकार नै लागि परेको आरोप लगाए । ‘हिम्मत भए आएर काम रोकुन’, उनले भने, ‘आफु फस्ने र आफ्ना कर्तुत बाहिरिने डरले पनि यो विषयमा कोहि बोल्न खोज्दैनन ।’ लगातार वनको जग्गा अतिक्रमण हुनु र आँखै अगाडी धमाधम वन मासिदापनि वन कार्यालयले कुनै प्रतिक्रिय नदिँदा कार्यालयका हाकिम साप प्रति नै शंका उत्पन्न हुन थालेको छ ।

के अतिक्रमणको जालोमा वन डिभिजन कार्यालयका हाकिमसापको मिलेमतो छ त ? के वन मासिएको टुलुटुलु हेर्नका लागि हाकिमसापलाई पद दिईएको हो त ? वा आफ्नो निती र मर्यादा विपरित काम गर्न जिम्मा दिईएको हो ? प्रश्न धेरै छन् यद्यपी यसप्रति हाम्रो प्रयास अझै जारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्