×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ वटा अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने, बैंक र बीमा कम्पनीमा पनि हड्ताल गरे कडा कारवाही हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२५ वटा अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने, बैंक र बीमा कम्पनीमा पनि हड्ताल गरे कडा कारवाही हुने

Artha Sarokar

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ । सरकारले राजपत्रमा सूचना सार्वजनिक गर्दै बैंक, बीमा, अस्पताल, होटल, विमानस्थल, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयले जेठ १७ गते राजपत्रमा सूचना सार्वजनिक गर्दै ह्याण्ड सेनिटाइजर, मास्क देखि इन्टरनेट सेवालाइ अत्यावश्यक सेवामा समावेश गरेकाे छ । सरकारको निर्णयलाई उल्लङ्घन गरेर हड्ताल गरे कडा कारवाही हुने बताइएको छ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी