×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सेवा नदिने बैंक तथा वित्तीय संस्थालाई कारवाही हुन्छ’ : डेपुटी गभर्नर मिश्र

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सेवा नदिने बैंक तथा वित्तीय संस्थालाई कारवाही हुने बताएका छन् । आज शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दृष्टिविहीनमा वित्तीय पहुँचः समस्या र समाधान’ विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई पनि सहज सेवा दिन निर्देशन दिएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दृष्टिविहीनहरुलाई बैंकिङ सेवा दिनमा आनाकानी गर्ने गरेको गुनासो बढ्दै गएको थियो । र सो गुनासो राष्ट्र बैंकसम्म पनि पुगेको थियो । सोहि विषयलाई ध्यानमा राख्दै डेपुटी गभर्नर मिश्रले दृष्टिविहीन, अपंगता भएकै कारण उनीहरुलाई बैंक तथा वित्तीय संस्था सेवा दिन अस्वीकार गरेमा राष्ट्र बैंकले कारवाही गर्ने बताएका हुन् ।
यस्तै उनले आगामी मौद्रिक नीतिमा दृष्टिविहीन, अपंगता तथा फरक क्षमता भएको व्यक्तिको बैंकिङ पहँच बारेमा समेटिनेसमेत कार्यक्रममार्फत बताए । सो कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से), स्टक ब्रोकर एशोसियन, मर्चेट ब्रोकर एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियनका प्रतिनिधिहरुलेसमेत आफ्नो मन्तव्य राखेको थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal