- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ पक्राउ परेका छन् । निषेधाज्ञाको समयमा दिउँसो स्टोर खोलेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।
दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो । सोहि टोलीले उनलै नियन्त्रणमा लिएको हो ।