×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

प्रि-ओपनिङ सेसनमा नयाँ व्यवस्था लागु गर्दै बोर्ड, अब २ प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाईने

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रि-ओपनिङ सेसनमा हुने मूल्य घटबढको व्यवस्था परिवर्तन गर्ने तयारी गरेको छ । बोर्डले हालको ५ प्रतिशत मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको हो । ५ प्रतिशतको व्यवस्थालाई घटाएर २ प्रतिशतमा झार्ने तयारी भइरहेको बोर्डले जनाएको छ । साथै सो  व्यवस्था छिटै लागू हुनेछ ।  
प्रि ओपनिङ सेसनको व्यवस्था २०७५ चैत ७ गतेदेखि लागू भएको थियो । सो सेसनमा कुनैपनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबारका लागि स्पेसल प्रि–ओपनिङ सेसनमा सहभागी हुनुपर्छ । नेप्सेले तोकेको रेन्जभित्र कुनैपनि कम्पनीको पहिलो पटक सेयर किनबेच भएमा मात्र नियमित सयमका लागि कारोबार खुल्ने गर्छ ।
सो सेसन बिहान १०ः३० देखि १०ः४५ सम्म खुल्छ । यस १५ मिनेट अवधिको कारोबारमा लगानीकर्ताले ५ प्रतिशत भाउ बढाएर र ५ प्रतिशत भाउ घटाएर सेयर खरिदको लागि राख्न पाइन्छ । यता पछिल्लो समय लगानीकर्ताले भने प्रि-ओपनिङ सेसन नै हट्नु पर्ने माग गरेका छन् । यद्यपि बोर्ड सो सेसन नहटाई मूल्य घटाउने निर्णय लिएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal