
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले जेठ २६ गतेदेखि हप्ताको एक दिन श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयले जेठ २६ गतेदेखि हरेक बुधबार एक  दिनका  लागि  सबै  प्रकारका  श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 
सेवाग्राहीको  समस्यालाई  ध्यानमा राख्दै कार्यालयले एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको जनाएको हो । कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने  भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर  लिनुपर्ने  सेवाहरू  बन्द गरेको थियो । यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति  लिने व्यवस्था  गरिएको थियो । 
				
			




						







