
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने व्यवस्था ल्याएको छ । समितिले आज बुधबार एक संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था ल्याएको हो ।
समितिका अनुसार बिमा पहुँच बढाउने उदेश्यले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गरिएको हो । अहिले कार्यान्वयनमा रहेको बीमा ऐनमा संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था भएकोले समितिले त्यसैलाई कार्यान्वयनमा ल्याउन लागेको हो । संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले कम्तिमा एक जनाले समिति वा समितिबाट मान्यताप्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको आफूले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी प्रमाणपत्र लिएको हुनुपर्नेछ ।
अभिकर्ताको संचालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परीक्षा उतिर्न गरेको हुनुपर्ने योग्यता समितिले तोकेको छ । बिमितसँग बीमा शुल्क संकलन गरी बिमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फाराम भर्न सहयोग गर्ने, बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुनः बीमा गर्नुपरेमा सहयोग गर्ने, बिमकको तर्फबाट बिमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउनेलगायतका काम संस्थागत अभिकर्ताले गर्न पाउनेछन् ।
नयाँ निर्देशिका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थालगायतले पनि संस्थागत बीमा अभिकर्ता भएर काम गर्न पाउनेछन् ।




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्