×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

दैनिक १ करोड नोक्सानी व्यहोर्दै पुष्प व्यवसायी, यस्तो छ कारण

SAGARMATHA CEMENTS
काठमाडौं । कोभिड-१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब १ करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब १ करोड नोक्सान बेहोरिरहेको छ ।
त्रासकैबीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेका छन् तर यो क्षेत्र कहिले खुल्ने र व्यासायले गति लिने विषय अन्योल नै छ । अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक १ करोडभन्दा बढीको कारोबार हुने गरेको थियो तर अहिले मुस्किलले २ लाखसम्मको मात्र कारोबार हुन्छ ।
अध्यक्ष श्रेष्ठले गुनासो पोख्दै भन्नुभयो, ‘अहिले पनि केही फूलहरु भारतबाट ल्याइएका छन् तर लकडाउन भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सामान्यरूपमा भने पनि सञ्चालन गर्ने व्यवस्था गरिदिनुपर्यो ।’ उहाँका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । ‘अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादनकै प्रयोग हुन पाए थोरै भए पनि व्यवसाय चलायमान हुने थियो’, उहाँले भन्नुभयो । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal