×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ६ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: