Skip to content
LAXMI SUNRISE BANK

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स पनि कर्मचारीको माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङ, दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर (राजविराज), महोत्तरी, सिराहा, बागमती प्रदेशको न्यू रोड, स्वयम्भु, भैसेपाटी, कालीमाटी, जोरपाटी, पेप्सीकोला, सुन्दरीजल, चागुँनारायण, थानकोट, थली, साँखु, सूर्यविनायक, खुर्कोट (सिन्धुली), चौतारा (सिन्धुपाल्चोक), भकुण्डे बेँसी, चितवन, फापरवारी, मनोहरी, धादिङ बेँसीलगायतका स्थानका लागि कर्मचारीको माग गरेको हो । 
साथै गण्डकी प्रदेशको हेम्जा, विरौटा, बुर्तिवाङ, अबु खैरेनी, हुवास, लुम्बिनी प्रदेशको बर्दघाट, देवघाट, चन्द्रौटा, भालुवाङ, तुल्सिपुर, तौलिहवा र रोल्पा, कर्णाली प्रदेशको बाँके, सुनसरी र सुदुर पश्चिम प्रदेशको सुखडाका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK