×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

जीवन विकास लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा १७ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सोमबार बिहान १०ः४० बजेसम्ममा २ करोड ५७ लाख ८६ हजार ११० कित्ताका लागि १७ लाख २ हजार २७९ जनाले आवेदन दिएका हुन् । 
कम्पनीको आइपीओमा सर्वसाधारणबाट हालसम्म मागभन्दा १३.९९ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् । 
कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । यस आइपीओमा भोलि १५ गतेसम्म आवेदन दिन सकिन्छ भने सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal