Skip to content
LAXMI SUNRISE BANK

फलोअप: कैलालीमा रोकिएन वन अतिक्रमण, विनासकारीहरुको लामै लिस्ट, टप लिस्टमा सरकार आफैँ…

अर्थ सरोकार

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा वन अक्रिमणको जालोमा सरकार आफै जेलिएको खुलासा भएको छ । वन अतिक्रमणको जालो पछ्याउँदै जाँदा सरकारी स्तर आफै वनविनाशमा लागि परेको पाईएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा अहिले वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने ट्रेण्ड चलेको छ । विभिन्न संस्थाका नाममा भवन निर्माण बनाउने काम धमाधम अगाडी बढेको हो । दुर्गालक्ष्मी महिला सामुदायिक वनमा निर्माण भएका र हुँदै गरेका अधिकांश भौतिक संरचनामा सरकारको लगानी रहेको वनकी अध्यक्ष दुर्गा कडायतले बताईन । ‘हाम्रो वन मास्नमा सबैभन्दा ठूलो हात सरकारकै छ । मनपरी रुपमा संरचना निर्माणका लागि बजेट विनियोजन गर्छन्, केहि बोले पावर र पहुँचको धम्की दिन्छन्’, अध्यक्ष कडायतले भनिन् ।
त्यस्तै वनकै जग्गामा अतिक्रमण भएर निर्माण हुँदै गरेको नगरस्तरिय संयुक्त श्रमिक ट्रेड युनियनको भवनको पक्षमा बोल्दै धनराज जोशीले सरकारलाई चुनौति दिनकै लागि बलजफ्ती रुपमा संरचना निर्माण गर्न लागेको बताए । उनले भने, ‘वनमाफियाको कालो कर्तुतलाई सरकार स्वयम आफै जोगाउन लागेको छ ।’ ‘वन मिचेर संरचना निर्माण गर्न सरकार आफै लगानी गर्छ अनि आफै वन जोगाउने नारा लगाउँछ’, उनले थपे, ‘सबैको भत्काउँछ भने भत्काओस् होईन भने हामी प्रतिकार गर्छौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK