×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

कर्णालीलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको गुरुयोजना, २३ करोड १५ लाख बजेट विनियोजन

BIZBAZAR
कर्णाली । कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्द्वन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गर्नुभएको थियो ।
प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै कर्णालीलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश पर्यटन गुरुयोजना अनुसार एक जिल्ला एक पर्यटकीय क्षेत्र र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारहरूको विकास तथा प्रवर्द्वनलाई प्राथमिकता दिइने व्यवस्था गरेको छ । पर्यटन विकास तथा प्रवर्द्वनका सबै आयोजना कार्यान्वयनका लागि २३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान, संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
मन्त्री शर्माले जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरू कालीकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवर्द्वनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो । त्यस्तै सरकारले पर्यटक पूर्वाधार विकाससम्बन्धी विगतका अधुरा कार्यक्रमलाई यसपाला पनि निरन्तरता दिएको छ । यहाँका प्रमुख गन्तव्य रारा, शे-फोक्सेण्डो, काँक्रेविहार, बुलबुले, पचालझरना, कुभिण्डे ताल, स्यार्पु ताल, पञ्चकोशी, सिञ्जा, लिमी, कुशेपाटन, चित्रेपाटन लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाएका छन् । निजी क्षेत्रसँगको सहकार्यमा ठूला नदीहरू कर्णाली र भेरी नदीमा र्याफ्टिङ, रारा, कुभिण्डे र स्यार्पुतालमा आधुनिक डुङ्गा साहसिक पर्यापर्यटनको विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal