
काठमाडौं । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो ।
कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान काठमाडौँ आइपुगेको जानकारी दिनुभयो । चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताउनुभयो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ ।
यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन् । लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ । यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतवार काठमाडौँ ल्याइएको थियो । असल मित्र र साझेदारको नाताले लसानले कठिन समयमा नेपाललाई सद्भावको स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्