Skip to content
LAXMI SUNRISE BANK

उपत्यकामा निषेधाज्ञा खुकुलो : हेर्नुहोस् के-के गर्न पाईन्छ ? के गर्न पाईँदैन ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार निषेधाज्ञा खुकुलो गर्ने तयारी गरेको हो । जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।
यस्तै उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने तयारी गरिएको  हो । अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । 
उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिँदैछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK