
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
बझाङ्ग । बझाङ्गमा कृषि विकास बैंकको इन्टरनेट ३ महिनादेखि अवरुद्ध भएको छ । जिल्लाको जिल्लाको बुङ्गल नगरपालिकामा रहेको कृषि बिकास बैंकमा बिगत ३ महिना देखि ईन्टरनेट सेवा अबरुद्ध भएको हो । गत फागुन १८ गतेदेखि कृषि बिकास बैंकको बुङ्गल शाखामा ईन्टरनेट सेवा अबरुद्ध भएको हो ।
ईन्टरनेट सेवा अबरुद्ध भएको ३ महिना बितिसक्दा पनि समस्याको समाधान नहुँदा झनै समस्या भएको स्थानियले बताएका छन् । ‘नगरपालिकाभरी एकमात्र बैंक छ’, स्थानिय योगेन्द्र सिंहले भने, ‘व्यवस्थित र राम्रो सुविधा नहुँदा बैंक भए नभएको एउटै जस्तो छ ।’ यता बैंकका मेनेजर चक्र देउवाले भने बैंकको उक्त शाखामा नेट अवरुद्ध भएको स्विकार गरेका छन् । उनले भने, ‘नगरपालिकाकै पहलमा शिखर नेट जोडेका हौँ, बिग्रिएको थुप्रै समय हुँदा पनि मर्मत नहुँदा सेवा प्रवाहमा किठनाई भएको छ ।’ आफुहरुले पटक पटक इन्टरनेटका लागि नगरपालिकामा ताकेता गर्दापनि सुनुवाई नभएको र नगरपालिकाले नेटको व्यवस्था गर्न सकेमा मात्रै सेवा प्रवाह गर्ने उनले बताएका छन् ।
त्यस्तै अर्का स्थानिय नरेन्द्र कुँवरले पनि बैंकको सेवा झुर रहेको टिप्पणी गरेका छन् । ‘बैंकमा विगत ३ महिनादेखी इन्टरनेट छैन’, उनले भने, ‘न त बैंकले हाम्रा समस्या बुझ्छ न त नगरपालिकाले समस्याको सम्बोधन गर्छ ।’ यता स्थानियहरुले स्थानिय सरकारले आफ्नो काम राम्रो संग गर्न नसकेको आरोप लगाएका छन् । नगरपालिकालाई उक्त विषयमा पुर्णरुपमा जानकारी भएको भएतापनि जनहितका लागि काम गर्न नसकेको स्थानियले बताएका छन् ।’
बैंकको उक्त शाखामा इन्टरनेट अवरुद्ध हुँदा नगरपालिकासंग सम्बन्धित थुप्रै कामहरु अलपत्र परेको बुङ्गल नगरपालिकाका नगर प्रमुख धन बहादुर विष्टले बताए । बैंकको उक्त शाखामा नगरपालिकाले नै शिखर नेटसँग सम्झौता गरी इन्टरनेटको व्यवस्था गरिदिएको तर पछि आएर उक्त नेटले दुःख दिन थालेको नगरप्रमुख विष्टको भनाई रहेको छ । ‘शिखर नेटवालालाई फोन गर्दा फोन उठाउँदैन, उठी हाल्यो भनेपनि आजभोली भनेर झारो टार्छ’, उनले भने, ‘अब नजिकै रहेको नेपाल टेलिकमसँग साझेदारी गदैँ छौँ छिट्टै समस्याको समाधान हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्