- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीको समयमा लायन्स क्लव अफ धनगढी इन्नेभेटिभले निःशुल्क स्वास्थ्य किट (पौष्टिक तत्व) वितरण गरेको छ । शुक्रबार क्लवले धनगढीको सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमितसँगै अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई ईम्युनिटी पावर बढाउने ८ प्रकारका पौष्टिक तत्व सहितको किट वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व कायम गर्दै माहामारीका बेलामा सानो सहयोग गरेको क्लवका सचिव अर्जुन रावलले बताए । शुक्रबार मात्रै झण्डै ६५ हजार मुल्य बराबरको स्वास्थ्य किट वितरण गरेको बताउँदै सचिव रावलले आवश्यकताका आधारमा आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘क्लवका सदस्यहरुबाट रकम संकलन गरि किट वितरण गरेका हौँ ।’
कोरोना माहामारी र संक्रमणको जोखिमकै बीच अग्रपंक्तिमा खटिएका (धनगढीको चटकपुर, चौराह, बसपार्क, भन्सारमा) सुरक्षाकर्मीहरुलाई किट वितरण गरेको रावलले जानकारी दिए । त्यस्तै शान्ती सुरक्षा काम गर्दै सुमधुर सम्बन्ध कायम गर्ने भारतिय एसएसबीलाई पनि किट वितरण गरिएको छ । लायन्स क्लव अफ धनगढी इन्नोभेटिभले यसभन्दा अगाडी पनि थुप्रै सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्