×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माफ गर आमा, तिम्रा दुःखका बारेमा केही बोल्न सकिन…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माफ गर आमा, तिम्रा दुःखका बारेमा केही बोल्न सकिन…

Artha Sarokar

२१ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । दुःख सबैलाई पर्छ । सबै सँधै सुखमा हुँदैनन् र सबैले दुःखलाई साथी बनाउन पनि सक्दैनन् । दुःखलाई त्यो मान्छेले चिनेको हुन्छ, जो त्यसको नजिक हुन्छ र त्यहि मान्छेले दुःखलाई जित्छ, जसले त्यसलाई साथी बनाएर अगाडी बढ्ने साहस गर्छ । तर कोहीका दुःख यस्ता हुन्छन्, जुन दुःखलाई न त देखाउन सकिन्छ न त जित्न ।

कैलालीको गोदावरी नगरपालिकामा रहेको खुटिया खोला, जहाँ सिंगो बस्ती गिट्टि कुटेर आफ्नो परिवार र बालबच्चा पालिरहेका छन् । झण्डै २०० जनाको परिवार खोला किनारमा गिट्टिको साहारामा दैनिकी चलाईरहेका छन् । न त उनिहरुलाई केही कुराको डर छ न त भय नै । केबल जिन्दगि चलाउनु छ, बस् । पुर्व पश्चिम राजमार्गमा पर्ने उक्त खोलामा कोरोना र निषेधाज्ञाका समयमा पनि दैनिकी गुजार्नका लागि गिट्टी कुट्न पुग्ने थुप्रै परिवार भेटिन्छन् ।

सन्तानको माया पाउने उमेर भएका वृद्धवृद्धा देखी भर्खरै संसारलाई चिन्न थालेका बालबालिकाहरु नदी किनारमा गिट्टी कुट्नमै व्यस्त हुन्छन् । गिट्टी कुट्ने कतिपयको शिर लुकाउन आफ्नै छानो छ भने कतिपय छानोविहिन भएरै बसिरहेका छन् । गाउँ गाउँमा जनप्रतिनिधी भएतापनि उक्त बस्ती र समुहका नागरिकको समस्याप्रति स्थानिय तहको पहल र योगदान शुन्य जस्तै छ । धेरैको रोजगारी बनेको उक्त खोला र गिट्टीकै कारण जिवन त जरुर चलेकै छ तर भविष्य बनेको छैन । सायद परिवारको बाध्यता, बालबालिकाहरुपनि दिनभरी हातका ठेला सँगै गिट्टी फुटाउन बाध्य छन् ।

यहि समस्या र दुःखलाई उजागर गर्न र धेरै नभए पनि कलिला बालबालिकाको भविष्यका खातिर अर्थ सरोकारको टिम उक्त क्षेत्र (खुटिया खोला किनार)मा पुग्यौँ । तर आश्चर्य लाग्दो परिस्थिति, त्यहाँका नागरिक न त आफ्ना दुःख देखाउन चाहन्छन् न समस्याका बारेमा बोल्न नै । बस् यही भनिरहन्छन्, ‘यति दुःख गरेर बस्न कसलाई रहर छ र ? हाम्रा समस्या कसैले बुझ्दैनन् ।’ हाम्रो कयौँ प्रयासका बाबजुत पनि त्यहाँका नागरिकहरु आफ्ना समस्या हामी समक्ष राख्न तयार नै भएनन् ।

र अन्ततः अन्यौलता र उत्सुक्तामै हाम्रो टिम फर्किन बाध्य भयो । तरपनि कयौँ प्रश्नहरु प्रश्नमै यथावत् रहे । किन बोल्न चाहँदैनन् यी क्षेत्रका नागरिक ? किन देखाउँदैनन् आफ्ना समस्या ? किन माग गर्न सक्दैनन् आफ्नो अधिकारको ? के सँधै यसरी नै आफु र आफ्ना बालबालिकालाई गिट्टी कुटाएर भविष्य बन्छ त ? के यि बस्तीका नागरिकको जिन्दगी यसरी नै चल्ने हो त ? तर जे होस् यीनिहरुको पिडा अरुभन्दा बेग्लै छ र पनि हाम्रो प्रयास अझै जारी छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी